नेपाली बजारमा आज सुनचाँदीकै मूल्य घटेको छ।
सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ घटेर दुई लाख ६७ हजार पाँचसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य तोलामा नौसय रुपैयाँ बढेर दुई लाख ६८ हजार एकसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै महँगो हो।
सुनको मूल्य मंगलबार ५५ सय रुपैयाँ बढेको थियो भने सोमबार तीन हजार चारसय रुपैयाँ बढेको थियो। ३ दिनमा ९ हजार ८ सय बढेको सुनको मूल्य आज घटेको हाे।
त्यसैगरि आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर चार हजार चारसय रुपैयाँ कायम भएको छ।
हिजो चाँदीको मूल्य तोलाको चार हजार चारसय २० रुपैयाँ थियो। चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो। विगत केही दिनदेखि चाँदीको मूल्य पनि निरन्तर बढ्दै आएको छ।
1.6k
Shares

प्रतिक्रिया