कला


हलमा प्रदर्शनरत ‘झरीपछिको इन्द्रेणी’ ले ल्यायो ‘जब फर्किन्छु घर’ बोलको गीत

हलमा प्रदर्शनरत ‘झरीपछिको इन्द्रेणी’ ले ल्यायो ‘जब फर्किन्छु घर’ बोलको गीत

नेपालखबर
पुस ६, २०८२ आइतबार १६:५, काठमाडौँ

पौष ४ गतेबाट प्रदर्शनमा भएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ मा समावेश गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक भएको छ। दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले आइतबार यो नयाँ गीत ल्याएको हो। 

सार्वजनिक गीतमा गणेश कार्कीको शब्द रचना र हेमन्त रानाको स्वर रहेको छ। यो गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट छ। गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाललाई देख्न सकिन्छ। 

शुक्रबार सिनेमा रिलिज भएसँगै सिनेमाका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ सहित कलाकारहरु गणेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य ‘मुन्नी’, निर्मल शर्मा, रमेश उप्रेती, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाल, लेखक गणेश कार्की काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिइसकेका छन् । दर्शकले सिनेमा उत्कृष्ट बनेको भन्दै नेपालको हालको अवस्थालाई जस्ताको त्यस्तै चित्रण गरेका प्रतिक्रिया दर्शकले दिइरहेका छन् ।

दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको सिनेमालाई हालसम्म युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, महानगर प्रहरी प्रमुख राजु पाण्डे, जेनजी नेता सुदन गरुङ लगायतले समेत यो सिनेमा हेरिसकेका छन्। उनीहरु सवैले यो सिनेमा साँच्चिकै राम्रो बनेको भन्दै हरेक नेपालीले हेर्नै पर्ने बताएका थिए। 

यस फिल्मबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि कमब्याक गरेका छन्। यस फिल्ममा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ। सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको यस फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन्। बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ। सिनेमाको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन्। 

नागराज इन्टरटेनमेन्ट प्रालीको व्यानरमा निर्माण भएको सिनेमाले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव, र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको छ । एक इमानदार कर्मचारी र बाबुको संघर्षको कथा पनि सिनेमाले पेश गर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad