राजनीति


सरकारलाई राष्ट्रिय सभाका सांसदको प्रश्न- तोकिएको समयमा निर्वाचन हुन्छ कि हुँदैन?

सरकारलाई राष्ट्रिय सभाका सांसदको प्रश्न- तोकिएको समयमा निर्वाचन हुन्छ कि हुँदैन?

नेपालखबर
पुस ६, २०८२ आइतबार १४:४, काठमाडौँ

राष्ट्रिय सभाका सांसदहरूले सरकारको सय दिने कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन्। 

आइतबार सिंहदरबारमा बसेको संघीय संसदअन्तर्गत राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा सांसदहरूले तोकिएको मितिमै निर्वाचन हुने-नहुने विषयमा सरकारसँग जवाफ मागेका हुन्।

एमालेकी सांसद सुमित्रा विसीले निर्वाचनको विषयमा प्रश्न गर्दै भनिन्, ‘सरकारको सय दिन पूरा भइसक्यो। प्रधानमन्त्रीले पाँच दिनभित्र भ्रष्टाचार नियन्त्रण गर्छौं भन्नुभएको थियो, त्यसका लागि के-के काम भयोरु आउने दिनमा चुनाव समयमै हुन्छ कि हुँदैन? यसबारे मन्त्रीज्यूले स्पष्ट पार्नुपर्छ।’

उनले संसदका सेवा-सुविधा कटौती गर्ने सरकारी निर्णय तत्काल फिर्ता लिन माग गर्दै थपिन्, ‘स्वकीय सचिव हटाउने निर्णयबाट कति विकास भयो? योजनामा बजेट कटौती र रोक्का गर्ने निर्णय सच्याइनुपर्छ।’

नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले स्थानीय तहमा काम गर्न सहज हुने कानुन आवश्यक रहेको उल्लेख गर्दै भनिन्, ‘कानुनको कमजोरीका कारण स्थानीय तहमा कामै हुन सकेको छैन। सार्वजनिक खरिदसम्बन्धी आदेश जनताको काम हुने गरी संशोधन हुनुपर्छ।’

यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सांसद डा. वेदुराम भुसालले विधायन ऐन कार्यान्वयनमा सरकार गम्भीर नभएको आरोप लगाउँदै भने, ‘विधायन ऐन लागू भइसकेपछि पनि यसको पालना भएको देखिँदैन। विधेयक निर्माणमा कानुन मन्त्रालय अझ जिम्मेवार हुनुपर्छ।’

सांसदहरूले सरकार अत्यावश्यक कानुन निर्माणमा समेत पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad