गायक शिव परियारको स्वरमा ‘माया’ (नसोच्नू म हारेर हार्नेछ माया) बोलको गजल सार्वजनिक भएको छ। गजलकार नृपेश उप्रेतीले ‘मुतकारिब मुसम्मन सालिम’ शास्त्रीय बहरमा लेखेको गजलमा केशव पौडेलको संगीत छ।
गायक परियारले यो गजलले संगीतप्रेमीहरूलाई अलग्गै स्वाद पस्किने र स्रोताको मनमा बस्न सफल हुने अपेक्षा गरेका छन्। उनले यो गजलको माध्यमबाट नेपाली मूलधारको संगीतप्रतिको आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्ने प्रयास गरेको बताए।
साथै यो गीत गाउन निकै मेहनत गरी आफ्नो उत्कृष्ट दिने प्रयास गरेको उनको भनाइ छ।
यता नेपाली सांगीतिक गजलको उन्नयनमा बहरमा लेखिएको यो गजलले सानो भए पनि भूमिका खेल्न सक्नेमा आफू विश्वस्त रहेको गजलकार नृपेश बताउँछन्। उनको यो गजल आगामी पुस्तक गजलसङ्ग्रह ‘आगो रहरको’ मा समावेश हुनेछ।
पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको गजलको लिरिकल भिडिओ ‘खुशी इन्टरटेनमेन्ट नेपाल’ युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।
Shares

प्रतिक्रिया