कला


अभिनेता प्रेम चोपडाको भल्भ प्रत्यारोपण

अभिनेता प्रेम चोपडाको भल्भ प्रत्यारोपण

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार ७:९, काठमाडौँ

बलिउड अभिनेता प्रेम चोपडाको मुटुमा समस्या देखिएपछि भल्भ प्रत्यारोपण गरिएको छ।

यो कुरा उनका ज्वाइँ तथा अभिनेता शर्मन जोशीले पुष्टि गरेका छन्।

९० वर्षीय चोपडालाई हालै 'एक्युट एओर्टिक स्टेनोसिस' भएको पत्ता लागेको थियो, जुन मुटुको भल्भलाई क्षति पुर्‍याउने अवस्था हो।

यो अवस्थाले मुटु र शरीरका विभिन्न भागमा रगत पुर्‍याउने मुख्य धमनी एओर्टाको रक्त प्रवाहलाई असर गर्छ।

शर्मन जोशीले इन्स्टाग्राममा लेखेका छन्, 'बुबालाई एक्युट एओर्टिक स्टेनोसिस भएको पत्ता लागेको थियो, त्यसपछि ओपन-हार्ट सर्जरीबिना भल्भ प्रतिस्थापन गर्न टीएभीआई प्रक्रिया सफलतापूर्वक गरियो। अहिले बुबा घरमा हुनुहुन्छ र धेरै आराम महसुस गरिरहनुभएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad