नेपाली चलचित्र सम्बन्धित ११ संस्थाले राष्ट्रिय सभामा दफावार छलफलका क्रममा रहेकाे चलचित्र विधेयक उपर सुझाव पेस गरेका छन्।
संचार तथा सूचना प्रविधिमन्त्री र राष्ट्रिय सभाको विधायक समितिका सभापतिलाई ११ संस्थाले सयुक्तरूमा ९६ बुँदे सुझाव पेस गरेका हुन्।
चलचित्र निर्माता संघ, चलचित्र संघ, कलाकार संघ, निर्देशक समाज, प्राविधिक संघ, द्वन्द्व कलाकार संघ, आदिवासी जनजाति चलचित्र महासंघ, चलचित्र नृत्य संघ, चलचित्र छायांकार संघ, एनिमेसन र भीएफएक्स आभान, मानवरहित विमान ड्रोन संघले संयुक्तरुपमा सुझाव पत्र बुझाएका हुन्।
‘हामी चलचित्रकर्मीको सीधै सरोकार राख्ने विविध विषय नसमेटिएको हुँदा सबै चलचित्रकर्मी मिलेर एउटा समिति निर्माण गरि असहमत भएका विषयमा गहिरो छलफल गरि कूल ५३ दफामा १ दफा थप गरि ९६ बुँदामा सुझाव दिएका छौं,’ चलचित्र निर्माता संघका महासचिव खगेन्द्र लामिछाने भने।
सुझाव पत्रमा मन्त्री र समिति सभापतिले सकारात्मक प्रतिक्रिया दिएको उनको भनाइ छ। सरकार र समितिसँग यसबारे थप छलफल गर्न आफूहरू तयार रहेको उनले बताए।
२०८२ बैशाख १४ गते तत्कालिन संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ राष्ट्रिय सभामा दर्ता गरेका थिए।
Shares

प्रतिक्रिया