सोमबार साँझ ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा फिल्म ‘अभिमन्युः च्याप्टर १’ प्रिमियर शो राखिएको थियो। फिल्म हेरिरहँदा सहभागी सबैजना सप्राइज भए। जब पर्दामा अभिनेत्री रेखा थापाको इन्ट्री भयो।
खासमा प्रदर्शनअघिसम्म रेखाको अभिनयबारे जानकारी दिइएको थिएन। जसकारण उनलाई पर्दामा देख्दा सबैजना खुसी हुँदै ताली बजाए। फिल्मको अन्त्यतिर रेखालाई प्रहरी निरीक्षक भवानी थापाको भूमिकामा देखाइएको छ।
पहिलो च्याप्टरमा रेखाको केमियो रोलसँगै फिल्म सकिन्छ। र, अन्त्यमा निर्माण पक्षले ‘अभिमन्युः च्याप्टर २’ को औपचारिक घोषणा गरेको छ।
जसकारण दोस्रो पार्टमा रेखा थापाको मुख्य भूमिका हुने अपेक्षा गर्न सकिन्छ। जसले फिल्म थप रोमाञ्चक र बहुप्रतिक्षित बन्ने देखिन्छ।
यस फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा सरिता गिरी, किरण श्रेष्ठ, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्। सुशान्त गौतमले निर्देशन गरेको यस फिल्मको क्रिएटिभ निर्देशक मदन थापा छन्। यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ।
Shares

प्रतिक्रिया