कला


मध्यपूर्वका देशमा ‘मिरमिरे’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री

मध्यपूर्वका देशमा ‘मिरमिरे’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १३:२, काठमाडौँ

‘मिरमिरे’ को अन्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु भएको छ। फिल्मको मध्यपूर्वका केही देशको प्रदर्शन राइट्स बिक्री भएको हो ।

युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार बिक्री भएको निर्देशक यम शेर्पाले जानकारी दिए। यी देशको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको छ ।

यस फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश सपूत मुख्य भूमिकामा छन्। जुन फिल्म आगामी माघ १ गते रिलिज हुँदैछ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा दयाहाङ, प्रकाश र सिर्जनासहित माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो। यमले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गरेका हुन् । यसअघि उनको पहिलो निर्देशन रहेको ‘कार्साङ’मा पनि दयाहाङ मुख्य भूमिकामा थिए ।

‘मिरमिरे’को निर्देशनसँगै स्टोरी पनि यम स्वयंले लेखेका छन् । चलचित्रका छायाकार आलोक शुक्ला हुन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक छन् ।

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad