समाज


नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार नाघ्यो, दैनिक एकजनाको मृत्यु

नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार नाघ्यो, दैनिक एकजनाको मृत्यु

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्मा


नेपालखबर
मंसिर १४, २०८२ आइतबार ११:४७, काठमाडौँ

नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार नाघेको छ। 

विश्व एड्स दिवसको अवसरमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले नेपालमा ३४ हजार ३ सय ३७ जनालाई एचआईभी संक्रमण भएको जानकारी दिएका हुन्। 

उनका अनुसार कुल संक्रमितमध्ये १५ वर्षभन्दा माथिका ३३ हजार २ सय ७९ जना छन्। त्यस्तै १५ वर्षमाथिका १४ हजार जना महिलामा एचआईभी संक्रमण छ।

उनले १५ वर्षभन्दा माथिका एचआईभी संक्रमित पुरुषको संख्या १९ हजार २ सय ७९ छ। एक हजार ५८ जना एचआईभी पोजेटिभ बालबालिका रहेको उनले बताए। 

गत एक वर्ष आमालाई एचआईभी परीक्षण गर्दा २ सय २७ जना बालबालिकामा संक्रमण पुष्टि भएको हो। 

सन् २००० देखि २०२४ सम्म आउँदा नयाँ संक्रमण पनि ७६ प्रतिशतले घटेको डा. शर्माले बताए।

सरदर दिनमा १.७ जना नयाँ संक्रमित थपिइरहेका छन् भने दिनमा एक जनाको एचआईभीका कारण मृत्यु भइरहेको छ।

‘सन् २००० देखि २०२४ सम्म आउँदा नयाँ संक्रमण पनि ७६ प्रतिशतले घटेको छ। तर अझै हामी ९० प्रतिशतसम्म पुग्नुपर्नेछ। सरदर दिनमा एउटा जस्तो वा १.७ जना नयाँ क्लाइन्टहरू थपिने अवस्था छ। मृत्युको दरको कुरा गर्ने हो भने लगभग दिनमा एउटा जस्तो एचआईभीको कारणले मृत्यु हुने गर्दछ’, उनले भने। 

डा. शर्माका अनुसार ८८ प्रतिशत एचआईभी संक्रमित औषधि खाइरहेका छन्।

संक्रमितमध्ये ७६ प्रतिशतले शरीरमा भाइरसको मात्रा कति छ भनेर परीक्षण गरिरहेको उनले बताए।

आगामी एक वर्षभित्र एचआईभी संक्रमणविरुद्धको रणनीति बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए। -न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad