कला


नेपाल आउँदै भारतका चर्चित गायक सान

नेपाल आउँदै भारतका चर्चित गायक सान

नेपालखबर
साउन ५, २०८३ मंगलबार १८:१०, काठमाडौँ

भारतीय सङ्गीत क्षेत्रका चर्चित पार्श्वगायक सान नेपाल आउन लागेका छन्। 

आगामी भदौ ६ मा हुने सांगीतिक कार्यक्रमका लागि उनी नेपाल आउन लागेको जनाइएको छ। उनले नेपालकै ठूलो इन्डोर कार्यक्रमस्थल क्लब नोभामा आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने भएका छन्। यस विशेष सांगीतिक कार्यक्रमको आयोजना तथा व्यवस्थापन ‘नेपाली टच नेपाल’ले गरेको हो।

कार्यक्रममा सानले ‘मुसु मुसु हाँसी देउ’, ‘ओम शान्ति ओम’, ‘बहती हवा सा था वो’, ‘चाँद सिफारिश’, ‘जब से तेरे नैना’, ‘तन्हा दिल’, ‘वो लड्की है कहाँ’, ‘सुनो ना’, ‘हे शोना’ र ‘कुछ तो हुआ है’ लगायत आफ्ना सर्वाधिक रुचाइएका गीतहरू प्रस्तुत गर्नेछन्। 

सानका यी गीतले भारतमा मात्रै नभएर नेपाली सङ्गीतप्रेमीमाझ पनि लोकप्रियता हासिल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad