कला


अस्पतालबाट डिस्चार्ज भए गोविन्दा

अस्पतालबाट डिस्चार्ज भए गोविन्दा

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार १७:५४, काठमाडौँ

बलिउड अभिनेता गोविन्दा बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई गएराति १ बजे जुहुको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको थियो।

बुधबार अस्पतालबाट डिस्चार्ज भएपछि पत्रकारले सोध्दा उनले थकानलाई कारण बताए।

गोविन्दाले भने, 'अत्यधिक कडा परिश्रमका कारण म थाकेको थिएँ। योग र प्राणायाम राम्रो हुन्छ, भारी व्यायाम अलि गाह्रो हुन्छ। म आफ्नो व्यक्तित्व सुधार गर्ने प्रयास गरिरहेको छु। मलाई लाग्छ योग र प्राणायाम गर्नु राम्रो हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad