राजनीति


प्रचण्डले भने- अहिलेको एमालेले मदन भण्डारी र उहाँको परिवारलाई अपहेलित गरेको छ

प्रचण्डले भने- अहिलेको एमालेले मदन भण्डारी र उहाँको परिवारलाई अपहेलित गरेको छ

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार १७:५४, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले मदन भण्डारी र उनको परिवारलाई अपहेलित गरेको आरोप लगाएका छन्। 

बुधबार भीम रावल लगायतका नेताहरुलाई पार्टीमा भित्र्याउने कार्यक्रममा उनले परिवारलाई समेत बदनाम गर्ने कोसिस भएको दाबी गरे।

‘जनताको बहुुदलीय जनवाद भनेर कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन अगाडि बढेका मदन भण्डारी अब एमालेबाट अपहेलित हुनु भएको छ,’ प्रचण्डले भने, ‘अहिलेको एमालेले मदन भण्डारी र उहाँको परिवारलाई अपमान गर्ने र त्यसलाई बदनाम गर्ने कोसिस भएको छ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले नै मदन भण्डारीबारे व्यक्तिगत कुरा गरेर अपमान गरेको टिप्पणी गरे। ‘अहिले एमाले विल्कुल यो लाइनबाट त्यो लाइन गएर मदन भण्डारीले त सहकारी ठगीको आरोप लागेको थियो,’ प्रचण्डले भने, ‘बिहे पनि ३ वटा भएका थिए। चारवटा बिहे भएका थिए भनेर केपी ओलीले नै सर्वाजनिकरुपमा भन्ने भनेको मदन भण्डारीको यो भन्दा ठूलो अपमान केही हुन सक्छ?’

‘अहिले कमरेड विद्या भण्डारीेले पार्टी सदस्यता पाउँ भन्दा पार्टी सदस्यता नदिन जसरी गएको छ। त्यस्तो एमाले मदन भण्डारीको एमाले हुन सक्दछ त? कुनै पनि हालतमा सक्दैन,’ उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad