एप्पल इन्टरटेन्मेन्ट प्रालिले बंगलादेशको पहिलो सर्फिङ फिल्म ‘नो डराइ’ नेपालमा रिलिज हुने घोषणा गरेको छ।
उक्त फिल्म उत्साह, स्वतन्त्रता र सक्षमताको कथा भएको कम्पनीले जनाएको छ। यही १२ सेप्टेम्बरदेखि नेपालका हलहरुमा यो फिल्म प्रदर्शनमा आउने भएको हो।
यसको निर्देशन तानिम रहमान अंशुले गरेका हुन्। नो डराइको अर्थ नट अफ्रेड अर्थात् डररहित भन्ने हुन्छ। यो फिल्म बंगलादेशको कोक्स बजारकी एक किशोरी आयशाको प्रेरणादायी कथामा आधारित छ। जसले परम्परागत सामाजिक विचारधारा चिर्दै आफ्नो सर्फिङ सोख पूरा गर्छिन्।
यो सर्फ कल्चरमा बनेको बंगलादेशकै पहिलो फिचर फिल्म हो। यो फिल्मले नेपाली दर्शकको पनि मन जित्ने विश्वास गरिएको छ।
एप्पल इन्टरटेन्मेन्टले नेपाली सिनेमा चेनसँगको सहकार्यमा नेपालमा पनि प्रदर्शन गर्नलागेको हो।
Shares

प्रतिक्रिया