समाज


मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ ३५ लाख धरौटीमा रिहा

मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ ३५ लाख धरौटीमा रिहा

कुम्भराज गुरुङ


नेपालखबर
भदौ १९, २०८२ बिहिबार १७:२९, काठमाडौँ

मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ ३५ लाख धरौटीमा रिहा भएका छन्। गुरुङ कसुरदार होइनन् भन्ने अवस्था नदेखिएता पनि ८१ वर्षका जेष्ठ नागरिक रहेको र उनको स्वास्थ्य अवस्था, आरोपित कसुरको अवस्था, कसुरमा उनको संलग्नता र उनलाई हुन सक्ने सजायसमेत विचार गर्दा थुनामै राख्नुपर्ने नदेखिएको भन्दै अदालतले ३५ लाख रुपैयाँ धरौटी माग गरेको हो।  

यसअघि प्रहरीले गुरुङलाई समेत प्रतिवादी बनाए पनि पक्राउ भने नगरी मुद्दा बुझाएको थियो। गुरुङ आफैँ अदालतमा उपस्थित भएपछि जिल्ला अदालत ललितपुरकी न्यायाधीश निर्मला योङयाको इजलासले बिहीबार धरौटीमा छाड्न आदेश गरेको हो।  

मितेरी सहकारी ठगीमा १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँ बिगो कायम गरिएको छ।  यसमध्ये ३ करोड बढी कुम्भराजसहितको ज्योति भण्डारी र ज्योति गुरुङले ठगी गरेको आरोप छ।  

ज्योति भण्डारी र  सुवास खत्री पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। अर्का प्रतिवादी सुरेश अधिकारी भने ७ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।  

कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी स्याङ्जाकी ४७ वर्षकी ज्योति गुरुङ, खोटाङका ४९ वर्षीय विजयकुमार राई, बाग्लुङका ३५ वर्षीय प्रदीप भन्ने प्रितम अधिकारी र सिन्धुपाल्चोकका ३३  वर्षका अर्जुन अराम फरार छन्। 

सुवास खत्री र अर्जुन आरमलाई हुण्डीको कसुरमा पनि प्रतिवादी बनाइएको छ। उनीहरूले ६ अर्ब ७४ करोड ३२ लाख ६९ हजार ८९ रुपैयाँ २२ पैसा हुन्डीको कारोबार गरेको प्रमाण फेला परेको अभियोग पत्रमा दाबी गरिएको छ।

सुवास खत्रीलाई क्रिप्टो कारोबारमा २ हजार १४९ अमेरिकी डलर (करिव ३ लाख रुपैयाँ) को कारोबार गरेको आरोप छ। उनलाई उक्त कसुरमा पनि प्रतिवादी बनाइएको छ। कसुर अनुसार सबै प्रतिवादीलाई छुट्टा छुट्टै बिगो कायम गरिएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad