कला


शुक्रबारदेखि नेपाल कला तथा संस्कृति महोत्सव

शुक्रबारदेखि नेपाल कला तथा संस्कृति महोत्सव

नेपालखबर
भदौ १९, २०८२ बिहिबार १३:२६, काठमाडौँ

नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा आयोजना हुँदैछ। 

राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन्।

नेपाल पर्यटन बोर्ड र परिषद्ले काठमाडौँ उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा आयोजना गर्ने महोत्सव आगामी असोज १० गतेसम्म जारी रहने छ।  

परिषद्का अनुसार मुलुकको विशिष्ट सांस्कृतिक वैभव र धरोहरहरूलाई चित्रकलाका माध्यमबाट प्रस्तुत गरिएको महोत्सवमा नाम चलेका चित्रकारहरुका सृजना समावेश छन्। 

इन्द्रजात्राको अवसर पारेर आयोजना गरिएको महोत्सवमा काठमाडौँ उपत्यकाका सम्पदा, कला, संस्कृति झल्काउने सामग्री पनि समावेश गरिएका परिषद्ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad