कला


रेखाको फिल्म ‘माया भनेकै यस्तो होला’ को पोस्टरमा मदनकृष्णदेखि सृष्टिसम्म

रेखाको फिल्म ‘माया भनेकै यस्तो होला’ को पोस्टरमा मदनकृष्णदेखि सृष्टिसम्म

नेपालखबर
असार २८, २०८३ आइतबार १४:१५, काठमाडौँ

फिल्म ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा मुख्य कलाकारहरूलाई समेटिएको छ। 

पोस्टरको केन्द्रमा सिनेमाका अभिनेता दील श्रेष्ठ छन्। उनी हल्दी डे मनाइरहेका छन्। उनको हल्दी डेमा छन्, मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ छन् ।

विवाहपूर्व मनाइने यो हल्दी डेमा उस्थिति सबै प्रफुल्ल मुद्रामा छन्। हल्दी डेका लागि सजाइएको झकिझकाउ स्पेस र उपस्थितहरूको पहिरनले खानदानी परिवारको छोराको बिहे भइरहेको प्रस्ट पारेको छ। नम्राताको हातमा बधाइका लागि हुनेवाला दुलाहालाई दिन ल्याएको बुके छ।

मदनकृष्ण भने ह्विलचेयरमा छन्। यसले उनी शारीरिक रूपमा अशक्त रहेको देखाउँछ। पूर्ण पारिवारिक यो पोस्टरले सिनेमा फेमेली ड्रामा रहेको बताएको छ। 

अभिनेत्री रेखा थापाको निर्देशनमा  बनेको यो फिल्म भदौ २६ गते रिलिज हुँदै छ। हाल यो सिनेमा पोस्ट प्रोडक्सनको चरणमा छ ।

‘माया भनेकै यस्तो होला’मार्फत अभिनेत्री रेखा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सिनेमा निर्देशन गरिसकेकी उनको यो तेस्रो निर्देशकीय फिचर फिल्म हो। निर्देशनमा केन्द्रित रेखाले यसपटक आफ्नै ब्यानरभन्दा बाहिर आएर चलचित्र निर्देशन गरेकी हुन्।

यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ। विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ  लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतको अभिनय छ ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad