अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्यूमरको सफल शल्यक्रिया भएको छ। शल्यक्रियासँगै हाल उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छिन्।
अभिनेता तथा निर्माता दीपकराज गिरीले फेसबुकमार्फत दीपाको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्। उनका अनुसार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
यो समय आफूहरूका लागि निकै चुनौतीपूर्ण र कठिन रहेको समेत उनले उल्लेख गरेका छन्।
‘यो साता हाम्रो लागि निक्कै चुनौतीपूर्ण र कठिन समय रह्यो। सुटिङको बिचमा दीपाजीलाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो, त्यसपछि हामी अन्यौलमा पर्यौँ, तुरुन्त शल्यक्रिया गर्नुपर्ने भो भारत जाने सल्लाह धेरै पाइयो,’ उनले लेखेका छन्, ‘तर अन्त्यमा नेपालकै अनुभवी डाक्टर वसन्त पन्तद्वारा शल्यक्रिया गर्ने निर्णय भयो। भगवानको आशीर्वादले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो। हाल उहॅा आईसीयूबाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ।’
Shares

प्रतिक्रिया