कला


२४ घण्टामा २ घण्टा मात्र सुत्छन् सलमान

२४ घण्टामा २ घण्टा मात्र सुत्छन् सलमान

नेपालखबर
माघ २६, २०८१ शनिबार २०:५८, काठमाडौँ

बलिउड अभिनेता सलमान खानले हालै आफ्ना भतिजा अरहान खानको पडकास्टमा आफू २४ घण्टामा २ घण्टा मात्र सुत्ने गरेको खुलासा गरेका छन्। 

यस क्रममा उनले मानिसहरूलाई कडा परिश्रम गर्न सल्लाह पनि दिएका छन्।

सलमानले भनेका छन्, ‘म सामान्यतया २ घण्टा सुत्छु र महिनामा एकपटक मात्र ७/८ घण्टा सुत्न पाउँछु। कहिलेकाहीँ सेटमा सुटिङको तयारी भइरहेका बेला म केही मिनेटको लागि निदाउँछु।’

उनले अगाडि भनेका छन्, ‘म तब मात्र सुत्न सक्छु जब मेरो केही काम हुँदैन। म जेलमा हुँदा राम्रोसँग सुतेको थिएँ। उडानमा हुँदा पनि म आरामसँग सुत्छु किनभने त्यतिबेला मेरो केही काम हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad