गायक साइराज खातीले नयाँ गीत 'मेटुँ भन्छु केरकार पारी' ल्याएका छन्।
गीतकार सुरेन्द्र दियालीको गीतमा उनले स्वर दिएका हुन्।
युवामाझ लोकप्रिय गायक खाती 'मेरो भ्वाइस युनिभर्स'का फोर्थ रनरअप हुन्।
प्रसाद, पुजार सार्कीजस्ता चलचित्रमा संगीत गरेका सुवास भुसालले यस गीतमा संगीत भरेका छन् भने एरेन्ज, मिक्सिङ र मास्टरिङ विश्व अधिकारीले गरेका हुन्।
देशमा बढ्दो बेरोजगारीको कारण प्रेम र सम्बन्धहरु क्रमश: चिसिँदै गएको कथा गीतले भन्न खोजेको छ।
जसमा अहिलेकी निकै व्यस्त नायिका अञ्जना बराइलीले अभिनय गरेकी छन्।

उनलाई अभिनयमा गीतकार तथा कलाकार सुरेन्द्र दियालीले साथ दिएका छन्।
विशाल थापाले छायांकन गरेको म्युजिक भिडिओ गणेश शाहीले निर्देशन गरेका हुन्।
गीत भाका इन्टरटेनमेन्ट युट्युब च्यानलले बजारमा ल्याएको हो।
गीतको भिडिओ-
Shares

प्रतिक्रिया