कारोबार


इन्धनको मूल्यमा भारी वृद्धि

इन्धनको मूल्यमा भारी वृद्धि

नेपालखबर
माघ १८, २०८१ शुक्रबार २१:०, काठमाडौँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ।

निगमले शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको हो।

जसअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजल र मट्टितेलमा ४ रुपैयाँ मूल्य बढेको छ। यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर ४३ डलर मूल्य बढाइएको छ।

अब काठमाडौं उपत्यकासहित तेस्रो वर्गका लागि पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १६० रुपैयाँ पर्ने निगमको सूचनामा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad