निर्देशक मिलन चाम्सले लबस्टोरी जनरामा नयाँ फिल्म बनाउने भएका छ्न। सोमबार आफ्नो निर्देशनमा तयार हुने दशौ फिल्मको घोषणा गर्दै चाम्सले फिल्मबारे जानकारी दिएका हुन्।
‘हामी स्क्रीप्टकै काममा छौँ। यो फिल्म प्रेम कथानक हुनेछ। यसमा युवापुस्ताको प्रेमलाई दर्शकले देख्न पाउनु हुनेछ,’ उनले भने।
निर्देशक चाम्सले पछिल्लो समय ‘वारु विधामा’ गोर्खा वारियरु र सोसल ड्रामा तथा वायोपिक ‘अञ्जिला’ निर्देशन गरेका छन्। ‘लिली बिली’ पश्चात उनले पूर्ण प्रेम कथानक फिल्म निर्देशन गर्न लागेका हुन्।
उनले यसबारे विस्तृत जानकारी आउँदो साता ३ फेब्रुअरी दिउँसो १ बजे दिने बताए। फिल्मको छायांकन भने आगामी अगस्टबाट सुरु हुनेछ।
गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त व्यानरमा निर्माण हुने फिल्मलाई राजीव थापाले लेखिरहेका छन्। यो फिल्म नेपाल र लन्डनमा छायांकन हुनेछ।
Shares

प्रतिक्रिया