कला


‘कुस्ती’मा आईआईएफटीको पहिरनमा देखिँदै धिरज र मिरुना

‘कुस्ती’मा आईआईएफटीको पहिरनमा देखिँदै धिरज र मिरुना

नेपालखबर
पुस २४, २०८१ बुधबार १३:३१, काठमाडौँ

कलाकार बुद्धी तामाङको लगानीमा बन्ने फिल्म ‘कुस्ती’ भेषभुषा पार्टनरको रुपमा आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन जोडिएको छ। 

मंगलबार आईआईएफटीका तर्फबाट प्रमुखद्वय सन्नी सुब्बा र उर्जा मानन्धर र फिल्मको तर्फबाट निर्देशक अनिल योञ्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

फिल्म ‘कुस्ती’ मा अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगरले लगाउने पहिरनको डिजाइन आइआइएफटीका २४ विद्यार्थीले गर्ने निर्देशक योञ्जनले बताए।
 
‘हामीले आइआइएफटीमा अध्यनरत विद्यार्थीलाई फेशनको माध्यमले फिल्मसँग जोडेका छौँ। उहाँहरूको नवीनतम सोचले हामीले कल्पना गरेको पात्रलाई मुर्तरुप दिनेमा विश्वस्त छौँ,’उनले भने।

कलाकारद्वय धिरज र मिरुनाले आइआइएफटीसँग पहिलोपटक सहकार्य गर्न लागेको भन्दै खुसी व्यक्त गरे। उनीहरूले आफ्नो पहिरन बारे विमर्श गर्दै केही पोशाक ट्रायल पनि गरेका छन्।
 
आइआइएफटी प्रमुख सन्नी सुब्बाले यो सहकार्यले नयाँ सुरुआत गरेको बताइन । उनले भनिन्,‘हामीले फेशन र डिजाइन सम्बन्धी विभिन्न शो गरिरहेका छौँ । तर यसपटक आइआइएफटीको नवीनतम सोचलाई दर्शकले पर्दामा हेर्न पाउनु हुनेछ । यसले फिल्ममा कलाकारले प्रयोग गर्ने पोशाक र समग्र फेशनमा बदलाव ल्याउने छ।’

अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको सार्वजनिक पोस्टरले नै चर्चा पाएको थियो । कलाकारको स्वभावलाई रङ्ग अनुसार प्रस्तुत गरिएका कारण यो नयाँ र फिल्मको थिम अनुसार देखिएको थियो।
 
अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’ मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथामा तयार हुनेछ । छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा रहेको फिल्म ‘कुस्ती’ आउँदो फागुन पहिलोसातादेखि छायाङ्कनमा जाने तयारीमा छ।
 
काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad