गायिका स्मिता दाहाल बिहे गरेकी छिन्। बबरमहलका सायुज्य श्रेष्ठसँग उनी वैवाहिक बन्धनमा बाँधिएकी हुन्।
शुक्रबार काठमाडौंको मूलपानीस्थित नर्लिङ रिसोर्टमा उनीहरुको बिहेको समारोह चलिरहेको छ।
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरुले यसैमहिना इन्गेजमेन्ट गरेका थिए। एमबीए अध्ययन गरेका सायुज्य व्यवसायी हुन्। स्मिताले भने अन्तर्राष्ट्रिय बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी छन्।
स्मिता पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन्। उनकी आमा गंगा दाहाल प्रचण्डको स्वकीय सचिवका रूपमा कार्यरत छिन्।
स्मिताका ‘मायालु तिमी कता छौ’ लगायतका गीतहरु हिट छन्।
183
Shares

प्रतिक्रिया