राजनीति


हिरासतबाट रविको डायरी गायब भएको रास्वपाको आरोप

हिरासतबाट रविको डायरी गायब भएको रास्वपाको आरोप

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १५:७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेको डायरी हिरासतबाटै गायब पारिएको आरोप लगाएको छ। 

शुक्रबार रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै लामिछानेलाई सरकारले अपराधीस्तो व्यवहार गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी गुहारेका हुन्। 

५ वटा सहकारी ठगीको अनुसन्धानका क्रममा रहेका लामिछानेको नैसर्गिक मानव अधिकार हनन भएको समेत रास्वपाको ठहर छ। यसलाई निर्मम कदम भन्दै औचित्य पुष्टि गर्नुपर्ने रास्वपाको चुनौती छ। 

‘रवि लामिछाने कसुरदार नभई एक आरोपित मात्र हुन्। सरकारको कानुनी प्रक्रियामा साथ दिएर उनले नागरिक कर्तव्य निर्वाह गरिरहेका छन्। अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधीजस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८,  धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवं यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजायविरुद्धको महासन्धि, १९८४ विपरीत समेत रहेकोतर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौं’, झाको विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाका दोषीमाथि उल्लिखित कानुनी प्रावधानबमोजिम कारबाही गर्न जोडदार माग गर्दछौँ।’

रास्वपाले चितवन प्रहरीको हिरासतबाट राति नै कास्की प्रहरीको हिरासतमा लगिएको भन्दै आपत्ति पनि जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad