कला


सकियो सलोन बस्नेतको फिल्म ‘रंगी’को छायांकन

सकियो सलोन बस्नेतको फिल्म ‘रंगी’को छायांकन

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १५:१४, काठमाडौँ

पूर्वमिस नेपाल नम्रता श्रेष्ठको डेब्यु फिल्म ‘रंगी’ छायांकन सकिएको छ।

सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको सुटिङ २६ दिनमा सकिएको हो।

३० दिनको समय तालिका लिएर छायांकनमा गएको फिल्म निर्धारित समयभन्दा ४ दिनअघि नै इन्डक्ल्याप भएको निर्माण टिमले जनाएको छ।

फिल्ममा नम्रतासहित सलोन बस्नेत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ।

सुरेश न्यौपानेले पनि यसै फिल्मबाट निर्देशनमा ‘डेब्यु’ गरेका छन्। 

निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ।

सक्षम सुवेदीको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन छ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बनेको फिल्ममा दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad