कर्णाली


डोल्पाको त्रिपुरा सुन्दरी-५ मा ३०३ जनाले गरे मतदान

डोल्पाको त्रिपुरा सुन्दरी-५ मा ३०३ जनाले गरे मतदान

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १५:१७, सुर्खेत

डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा ३०३ जनाले मतदान गरेका छन्। दिउँसो ३ बजेसम्म ३०३ जनाले मतदान गरेको सहायक निर्वाचन अधिकृत हरिगोपाल ज्ञवालीले जानकारी दिए।

उनका अनुसार दिउँसो ३ बजेसम्म मतदान गर्ने ३०३ मतदाता मध्ये १५८ महिला १४५ पुरुष रहेका छन्। यहाँ जम्मा ३ सय ५३ जना मतदाता रहेका छन्।

डोल्पामा चिसोका कारण बिहान करिब ८ बजेबाट मतदान सुरु भएको थियो।

हालसम्म भयरहित वाततावरणमा मतदान प्रक्रिया जारी रहेको सहायक निर्वाचन अधिकृत ज्ञवालीको भनाइ छ।

यहाँ एक मतदानस्थल र एक मतदान केन्द्र तोकिएको छ। त्रिपुरासुन्दरी–५ को वडाध्यक्षका लागि चार जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad