ad ad

कला


मीन भाम निर्देशित फिल्म ‘शाम्बाला’ले ६ दिनमा कति कमायो?

मीन भाम निर्देशित फिल्म ‘शाम्बाला’ले ६ दिनमा कति कमायो?

नेपालखबर
असोज ३, २०८१ बिहिबार १३:५४, काठमाडौँ

मीन भाम निर्देशित फिल्म ‘शाम्बाला’ले बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ।

गत शुक्रबार रिलिज भएको यस फिल्मले ६ दिनमा १ करोड २० लाखको व्यापार गरेको छ।

निर्देशक भामले फिल्मको व्यापारबारे जानकारी दिए।

‘बुधबारसम्म फिल्मले १ करोड २० लाख हाराहारीमा ग्रस कलेक्सन गरेको छ। दुइ/तीनदिनसम्म खासै राम्रो व्यापार भएको थिएन। तर, पछि माउथ पब्लिसिटीले गर्दा पिकअप लिन थालेको छ’, उनले भने।

बिहीबार सार्वजनिक बिदा भएकाले शाम्बालाले व्यापारमा वृद्धि हुने देखिन्छ।

पहिलो दिन यो फिल्म नेपालभरिका ४८ सिनेमाहलमा रिलिज भएको थियो। मीन भाम निर्देशित यो फिल्म रिलिजअगावै चर्चामा थियो।

यो फिल्म बर्लिन र लोकर्नोजस्ता ठूला महोत्सवमा सहभागी भइसकेको छ।

भदौमा यस फिल्मको काठमाडौँमा प्रिमियर शोसमेत गरिएको थियो। जहाँ बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दिकीले पनि फिल्म हेरेका थिए।

उनीहरूले फिल्मको खुलेरै प्रशंसा गरेका थिए। यो फिल्म हेर्नेकै लागि भारतीय निर्देशक राजकुमार हिरानी नेपाल आउँदै छन्।

हिरानी सेप्टेम्बर २० देखि २५ सम्म नेपालमा हुनेछन्। फिल्म हेर्नेसहित उनी केही दिन परिवारसँग पोखरा घुम्ने तय भएको छ।

उत्कृष्ट कथा। त्यसमाथि फिल्मप्रति विदेशी कलाकारहरुको चासो। अस्करका लागि नेपालबाट मनोनयनमा पर्नु र बिदाले पनि फिल्मको व्यापारमा फाइदा हुने देखिन्छ।

बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म स्विट्जरल्यान्डको लोकार्नोमा स्क्रिनिङ भएको थियो। जहाँ अभिनेत्री थिन्हेले उत्कृष्ट अभिनयका लागि बोक्कलिनो डिओर अवार्ड जितिन्।

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो। उक्त फेस्टिभलको विधामा छनोट हुने यो पहिलो नेपाली फिचर फिल्म हो।

भामको दोस्रो निर्देशकीय फिल्म ‘शाम्बाला’मा थिन्लेसहित सोनम तोप्देन मुख्य भूमिकामा छन्।

यस फिल्मले नेपाली पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा छ। फिल्मको कथा निर्देशक भाम र अविनाश विक्रम शाहीले लेखेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .