पूर्वमिस नेपाल उषा खड्गीले एक्सन फिल्म ‘नरसिंहा अवतार’मा अभिनय गर्ने भएकी छन्।
अभिनेत्रीको रुपमा उनको यो डेब्यु फिल्म हुने निर्देशक दिवाकर भट्टराईले जनाए।
केही दिनअघि खड्गी र निर्माताबीच कागजी सम्झौता भएको हो। उषाले सन् २००० मा मिस नेपालको उपाधि जितेकी थिइन्।
त्यसयता उनी फेसन डिजाइन र बुटिक व्यवसायमा सक्रिय थिइन्।
यस फिल्ममा यसअघि राजेश हमालसहित नीर शाह, अर्जुन श्रेष्ठ, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, समाइरा थापा, राजीवजंग बस्नेत, प्रकाश कुँवर, रमेशचन्द्र ठकुरी, अमित गिरी अनुबन्धित भइसकेका छन्।
फिल्मको असोज ७ गतेदेखि छायांकन सुरु हुनेछ।
141
Shares
प्रतिक्रिया