कला


नेपाल घुम्न आइन् मिस माल्टा

नेपाल घुम्न आइन् मिस माल्टा

नेपालखबर
साउन १४, २०८१ सोमबार ११:५६, काठमाडौँ

मिस माल्टा चेरिस स्पिटेरी सोमबार बिहान नेपाल आएकी छिन्। द हिडन ट्रेजरको निम्तोमा उनीसहितको पाँच जना सदस्यीय टोली नेपाल घुम्नका लागि आएको हो। 

एकसाता लामो भ्रमणका लागि उनीहरुलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन बोर्डका सदस्य र कर्मचारीले स्वागत गरे।

बोर्डको आधिकारिक फेसबुक पेजमा स्वागत गरेका तस्विरहरु राखिएको छ। 

पञ्चैबाजासहित ढाकाटोपी लगाएर उनीहरुको स्वागत गरिएको थियो। चेरिससहितको टिम टर्किस एयरलाइन्सको विमानबाट आएका थिए। 
आगामी शनिबार आयोजना हुने मिस नेपालको ग्रान्ड फिनालेमा यो टिम सहभागी हुनेछन्। 

त्यसअघि मिस माल्टा टिमको काठमाडौं र चितवनका पर्यटकीय क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम तय छ। साउन २२ गते मिस माल्टाको टोली स्वदेश फर्किनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad