प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको तस्बिर राखेर अनुष्ठान गरेको आरोपमा सामाजिक सञ्जालमा चर्चित धर्मगुरु पुष्कर खतिवडा पक्राउ परेका छन्।
प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार उनलाई घरमा यज्ञ गर्दागर्दै पक्राउ गरेको हो। उनले प्रधानमन्त्री ओलीसहितका नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप छ।
खतिवडाले आफूलाई प्रहरी वृत्त महाराजगन्ज लगिएको जानकारी सामाजिक सञ्जालबाट दिएका छन्।
‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगन्ज लगिएको छ। कामना गरौ देश बनोस्,’ उनले लेखेका छन्।
खतिवडाले केहीदिनअघि फेसबुकबाटै देशलाई खाल्डोमा हाल्ने नेताहरूको नाममा यमराजको पूजा गर्ने निर्णय लिएको बताएका थिए।
1.4k
Shares

प्रतिक्रिया