ad ad

कला


‘हार्टअट्याक’ले भारतीय टीभी अभिनेता ऋतुराज सिंहको निधन

‘हार्टअट्याक’ले भारतीय टीभी अभिनेता ऋतुराज सिंहको निधन

नेपालखबर
फागुन ८, २०८० मंगलबार १४:४५, काठमाडौँ

चर्चित भारतीय टीभी अभिनेता ऋतुराज सिंहको सोमबार राति निधन भएको छ। ६० वर्षीय ऋतुराज सिंहको हृदयाघात (हार्टअट्याक) का कारण निधन भएको हो।

उनका साथी अभिनेता अमित बहलले सिंहको मृत्यु पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ। 

अभिनेता ऋतुराज सिंह ९० को दशकमा जी टीभीमा रियालिटी गेम शो ‘तोल मोल के बोल’को होस्ट थिए।

सन् १९९३ मा जी टीभीमा प्रशारण भएको उनको अर्को टीभी शो ‘बनेगी अपनी बात’ पनि निकै लोकप्रिय थियो। यो कार्यक्रमले उनलाई दर्शकका घरघरमा पुर्‍याएको थियो। 

ऋतुराज सिंहले टीभीमा धेरै सिरियल, फिल्म र ओटीटी शोमा काम गरे।

उनले ‘हिटलर दीदी’, ‘ज्योति’, ‘शपथ’, ‘अदालत’, ‘आहट’, ‘दिया और बाती’, वारियर हाई’, ‘लाडो २’, ‘ये रिश्ता क्या कहलाता’जस्ता टीभी सिरियलमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .