ad ad

राजनीति


ओलीको टिप्पणी : मन्त्रीमा नैतिकता हरायो, प्रधानमन्त्री हुतिहारा

ओलीको टिप्पणी : मन्त्रीमा नैतिकता हरायो, प्रधानमन्त्री हुतिहारा

नेपालखबर
फागुन ८, २०८० मंगलबार १४:५८, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएकोमा आपत्ति जनाएका छन्।

ओलीले सरकार आफैँले बनाएको जाँचबुझ आयोगले दोषी करार गर्दा पनि राजीनामा नदिने मन्त्री ज्वालालाई नैतिकता हराएको मन्त्री र त्यस्ता मन्त्रीलाई हटाउन नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाललाई हुत्तिहाराको संज्ञा समेत दिए।

पार्टी मुख्यालय च्यासलमा शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले दुई जना मानिसको ज्यान समेत गएको घटनामा दोषी करार मन्त्री ज्वालाले कुनैपनि हालतमा पदमा बसिरहन नमिल्ने बताए।

अध्यक्ष ओलीले सोही घटनालाई चित्रण गर्दै वर्तमान सरकारले लोकतन्त्रको मजाक उडाएको र लोकलाज पचाएको जिकिर समेत गरे।

उनले भने, ‘दोषी हो मन्त्री भनेर तोकिएको छ। सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो। मन्त्रीको गलत क्रियाकलापले गर्दाखेरी त्यहाँ मान्छे मर्ने स्थिति आयो । तोकेर भनिएको छ। यस्तो सरकार छ कि। मन्त्रीसँग नैतिकता भन्ने चिज नै छैन, न राजीनामा गर्छ। न सरकारसँग, प्रधानमन्त्रीसँग हटाउने हुति छ। नैतिकता नभएको मन्त्री, हुत्तिहारा प्रधानमन्त्री।’

ओलीले वर्तमान सरकारले मुलुकलाई आर्थिक संकटबाट मुक्त गराउन नसक्ने दाबी समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .