गीतकार तथा चलचित्र निर्देशक शंकर अधिकारीको निर्देशनमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘मेरो दिल छ पोखरामा’ आगामी फागुन ५ गते काठमाडौंमा विशेष प्रदर्शन हुने भएको छ।
कला राईको प्रस्तुतीमा रहेको सो चलचित्रमा राजु पौड्याल, रन्जु रन्जना, गंगा कुवँर, लक्ष्मी श्रेष्ठ, दिप कुलुङ, कला राई, हेमलता घिमिरे र राजन महर्जनको अभिनय रहेको छ। नेपाली सिनेमा भित्रको बास्तविक कथालाई चलचित्रमा उठाइएको चलचित्रका निर्देशक घायलले बताए।
,रामकृष्ण कडेलको छायांकन, देव महर्जनको द्वन्द, बिश्वास भण्डारीको सम्पादन, राजन महर्जनको नृत्य छ। शंकर अधिकारी र दिपेन्द्र खड्काको गीत, पुरुषोत्तम न्यौपाने, पुष्कर सुनुवार, सिडि बिजय अधिकारी र शंकर अधिकारी घायलको संगीत, नित्याशिवा, ममता मगर पुरुषोत्तम न्यौपाने र सिडि बिजय अधिकारीको स्वर रहेको छ। चलचित्रलाई चैत्र १४ गते अल नेपाल रिलिज गरिने समेत चलचित्रका निर्देशकले बताए।

प्रतिक्रिया