नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
आइतबार सभामुखमा निर्वाचित भएका सापकोटाले सोमबार बिहान साढे ९ बजे शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिने उनको सचिवालयले जनाएको छ।
सभामुख सापकोटा सोमबार नै सभामुख क्वाटर सर्नेछन्। तयारीका लागि लैनचौरमा रहेको सभामुख क्वाटरमा सुरक्षाकर्मी लगायतका टोली परिचालन गरिसकिएको बताइएको छ। सभामुखको सचिवालयमा रहने टिमबारेमा ठोस निर्णय नभए पनि ४ जना रहने टिममा गोविन्द पाठक र सागर केसी रहने लगभग निश्चित भएको छ।
सागर यसअघि कृष्णबहादुर महराको पनि मुख्य स्वकीय सचिव रहेका थिए। पाठक अग्निका अहिले पनि स्वकीय सचिव रहेका छन्। अन्य नामको बारेमा क्वाटरमा सरेपछि मात्रै निर्णय गर्ने उनी निकट स्रोतले बतायो।
Shares

प्रतिक्रिया