कला


टेलिभिजन शो ‘महागफाडी’को औपचारिक घोषणा, भोलिबाट अडिसन

विजेताले पाउनेछन् १५ लाख नगद
टेलिभिजन शो ‘महागफाडी’को औपचारिक घोषणा, भोलिबाट अडिसन

नेपालखबर
साउन १४, २०८० आइतबार १९:५२, काठमाडौँ

टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा गरिएको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच शोको घोषणा गरिएको हो।

साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने बताइएको छ। 

टेलिभिजन रियालिटी शो ‘महागफाडी’लाई नरेश नाथ योगीले निर्देशन गर्दैछन्। उनी सिनेमा लेखक, कोरियोग्राफर र फाइट डिरेक्टर समेत हुन्। 

मनोरञ्जनका विविध विधामध्ये वाक कला बताउँदै उनले भने, ‘जो अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेहरुका लागि महा गफाडी उपयोगी र नविन प्लेटर्फम सावित हुने बताउँछन्।’

ढाकाटोपी फिल्मस्को व्यानरमा निर्माण हुने रियालिटी शोमा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले सहभागीता जनाउन सक्ने आयोजकले बताएको छ।

निर्माण कम्पनिका अनुसार सहभागीले शोको सिजन अवधीभर आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफुलाई ‘महागफाडी’को रुपमा प्रस्तुत गनुपर्ने छ।

यो रियालिटी शोको अडिसन डिजिटल प्लेटर्फममा मात्रै गरिनेछ। 

फिजिकल रुपमा डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट १८ जना मात्र सहभागी हुनेछन्।

१६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अष्ट्रेलियामा गरिनेछ, भने पहिलो वर्ल्डटुरको सुरुवात क्यानडाबाट गरिने जानकारी आयोजक संस्था ढाकाटोपी फिल्मस्ले दिएको छ।

चाँडै ‘महागफाडी’ प्रसारण हुने टेलिभिजन च्यानल र डिजिटल पार्टनर सार्वजनिक गर्ने तयारी आयोजकको छ ।

‘महागफाडी’को निर्णायक मण्डलमा बरिष्ठ हास्यव्यङ्गय कवि शैलेन्द सिंम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहनेछन्।

यो कार्यक्रमको सञ्चालन कलाकार कामेश्वर चौरासियाले गर्नेछन्। 

‘महागफाडी’को विजेताले १५ लाख नगद पुरस्कार तथा सवारी साधन, फर्स्टरनरअप लाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने शोका निर्देशक योगीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .