ad ad

कला


गीत गाइरहेका बेला बोतलले हान्ने युवकलाई प्रकाश सपुतले दिए माफी (भिडिओ)

गीत गाइरहेका बेला बोतलले हान्ने युवकलाई प्रकाश सपुतले दिए माफी (भिडिओ)

गायक प्रकाश सपुतसँग हात जोडेर माफी माग्दै ती युवक।


नेपालखबर
असार १२, २०८० मंगलबार ६:५४, काठमाडौँ

रोमानियामा स्टेजमा गीत गाइरहेका बेला आफूलाई बियरको बोतलले प्रहार गर्ने युवकलाई गायक प्रकाश सपुतले माफी दिएका छन्। 

नेपाली समयानुसार आइतबार राति १२ बजे स्टेजमा गीत गाइरहेका बेला दर्शकको भीडबाट सपुतको टाउकोमा बोतलले हानिएको थियो। बोतलले लागेर सपुतको निधारमा सामान्य चोट लागेको छ। 

तत्काल आयोजकले बोतल हान्ने युवकलाई नियन्त्रणमा लिएको थियो। तर गायक सपुतले उनलाई कुनै कारबाही नगर्न अनुरोध गर्दै बरु ती युवकलाई आफूसँग भेट्न भनेका थिए। 

यसैबीच ती युवक सपुतकहाँ आएर माफी मागेको भिडिओ सार्वजनिक भएको छ। त्यस क्रममा सपुतले क्षमा दिँदै यस्तो गलत कामले जीवन बर्बाद हुने भएकाले नगर्न सुझाव दिएका थिए। 

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .