ad ad

कला


रोमानियामा गीत गाइरहेका बेला प्रकाश सपुतको टाउकोमा बोतल प्रहार (भिडिओ)

रोमानियामा गीत गाइरहेका बेला प्रकाश सपुतको टाउकोमा बोतल प्रहार (भिडिओ)

नेपालखबर
असार ११, २०८० सोमबार १०:४, काठमाडौँ

रोमानियामा गायक प्रकाश सपुतलाई गीत गाइरहेका बेला स्टेजमै बोतल प्रहार भएको छ। 

गायक सपुत सांगीतिक कार्यक्रमका लागि केही दिनदेखि रोमानियामा छन्। 

नेपाली समयानुसार आइतबार राति १२ बजे स्टेजमा गीत गाइरहेका बेला सपुतको टाउकामा ताकेर दर्शक दीर्घाबाट बियरको बोतल प्रहार भएको हो। 

बोतलले उनको निधारमा सामान्य चोट मात्र लागेको बताइएको छ। 

सपुतलाई नियतवश बोतल हानेको नभई कसैले रक्सीको तालमा त्यसो गरेको आयोजकको दाबी छ।

बोतल प्रहारपछि आधा घण्टाजति बिथोलिएको कार्यक्रमलाई गायक सपुतले पुनः गीत गाएर निरन्तरता दिएका थिए। 

सपुतलाई स्टेजमै बियरको बोतलले हानिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

सपुतलाई बोतल हानिएको भिडिओ क्लिप्स तलको टिकटकमा

@rameshranarawal रक्सी खायर आफ्नो औकात नदेखाउ साथी हरु।।सके सम्मान गरम नसके बेइजत पनि नगरम।एक जना नलयकले गर्दा सबै नेपाली लाई नै चोट पुग्यो।। @⭐🌟✨ ♬ original sound - Ramesh Rana Rawal

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .