ad ad

कला


‘नीरफूल’को विशेष प्रदर्शनीमा कलाकारदेखि नेतासम्म

‘नीरफूल’को विशेष प्रदर्शनीमा कलाकारदेखि नेतासम्म

‘नीरफूल’को विशेष प्रदर्शनीमा सहभागीहरू। तस्बिर : रासस


नेपालखबर
जेठ ३०, २०८० मंगलबार ६:४७, काठमाडौँ

गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भएका छन्। सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा एमालेका नेता भीम रावलले २०७२ वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको बताए। 

‘चलचित्रमा मनोरञ्जनसँगै सन्देश पनि छन्। नेपालीमार्फत नै नेपालीले पाउने पीडालाई दृश्यका माध्यमले दर्शाइएको छ’, उनले भने, ‘वैदेशिक रोजगारीले हाम्रो समाज र परिवारलाई गरेको क्षतिलाई समेट्दै सेवा दिनुपर्ने निकाय दायित्वबाट पन्छिदा पर्ने प्रभाव देखाइएको छ। यो यथार्थ चित्रण हो।’

अभिनेत्री करिश्मा मानन्धरले पनि चलचित्रको प्रस्तुतीकरण र मौलिकताको प्रशंसा गरिन्। उनले भनिन्, ‘नेपाली चलचित्रमा मौलिकता भेटिएन्, आफ्नै कथा छैन भन्ने गुनासोको जवाफ बनेको छ- नीरफूल। हाम्रो समाज र भोगाइसँग जोडिएको चलचित्रमा कलाकारले जीवन्त अभिनय गर्नुभएको छ। यसमा भूकम्पको समयमा एउटा ग्रामीण भेगमा परिवारले भोग्ने परिस्थितिलाई चित्रण गरिएको छ।’

अभिनेत्री मानन्धरले चलचित्रमा देखाइएको कला र संस्कृतिको समेत सहराना गरिन्। स्थानीय तहदेखि राष्ट्रियस्तरसम्मका समस्यालाई चलचित्रमा उजागर गरिएको गायिका सुनिता दुलालले बताइन्। ‘यसमा हाँसो र रोदन दुवै छ। कलाकारले पात्र बाँचेका छन्, गीत-सङ्गीतमा संस्कृति झल्किन्छ। यत्तिको चलचित्र हेर्न दर्शक चलचित्र भवनसम्म आउनुपर्छ’, उनले भनिन्। 

चलचित्रका निर्देशक फूलमान बलले दर्शकझैँ निम्तालु अतिथिबाट प्रतिक्रिया पाएको जानकारी दिए। ‘नयाँ स्वाद, फरकपन पाएको प्रतिक्रिया पाएको छु। हेर्न आउनुभएका दर्शकले रूचाउनुभएको छ’, उनले भने।

आयोजित विशेष प्रदर्शनीमा पूर्वमन्त्री बुद्धिमान तामाङ, परशुराम तामाङ, सांसद रोशन कार्की, युवासङ्घका अध्यक्ष छितिज थेवे, पूर्वराजदुत डा. गणेश योञ्जन, अभिनेत्री पल्पसा डङ्गोल, अभिनेता गजित विष्ट, निर्देशक एवं अभिनेता दिनेश डीसी, पत्रकार ऋषि धमला, उमेश चौहानलगायतले चलचित्र हेरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .