कला


पिताको हस्ताक्षरमा सन्देश खोजिरहेका अमिताभ बच्चन

पिताको हस्ताक्षरमा सन्देश खोजिरहेका अमिताभ बच्चन

नेपालखबर
जेठ ८, २०८० सोमबार १४:१३, काठमाडौँ

बलिउड अभिनेता अमिताभ बच्चन प्रायः आफ्नो जीवनसँग सम्बन्धित रोचक कथाहरू ब्लगमार्फत सेयर गरिरहेका हुन्छन्।

उनले हालैको एक ब्लगमा बिग बीले बक्सिङ गर्ने क्रममा चोट लागेको आफ्नो स्कुल दिनको एउटा घटना सेयर गरेका छन्। त्यो समय उनको आँखा मुनी घाउ लागेको थियो, नाकबाट रगत बगेको थियो।

उनले ब्लगमा जब उनका पिता हरिवंश राई बच्चनलाई यो घटनाको बारेमा थाहा भयो, त्यसपछि उनले अमिताभलाई बक्सिङसँग सम्बन्धित पुस्तक उपहार दिएको कुरा उल्लेख गरेका छन्।

उनका पिताले त्यो किताब जया बच्चनको पुस्तकालयबाट दिएका थिए। आफ्ना बुवाले दिएको उक्त किताबले केही हदसम्म ब्रेनवाश गरेको बताएका छन्।

बिग बीले आफ्नो नयाँ ब्लगमा आफ्नो बाल्यकालको त्यो घटना स्मरण गर्दै चोट लागेपछि बुवालाई चिठी लेखेको उल्लेख गरेका छन्। उनका बुवाले जवाफमा, पत्रको सट्टा  क्याम्ब्रिजबाट पुस्तक पठाएका थिए। यो सन् १९५३ को कुरा हो।

उक्त पुस्तकमा रहेको बुवाको हस्ताक्षरले आफूलाई अहिले पनि औषधिको काम गर्ने अमिताभले उल्लेख गरेका छन्। बुवाको हस्ताक्षरमा विशेष सन्देश भेट्टाउने उनले बताएका छन्।

लेखेका छन्, ‘जब बाबुजीका पुस्तकहरू पुस्तकालयमा राखिन्छन्, संयोगले यस्तो पुस्तक भेटिन्छ, जसमा उहाँको हस्ताक्षर हुन्छ। त्यो हस्ताक्षरमा एउटा विशेष सन्देश छ, जुन मलाई समर्पित गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .