ad ad

कला


‘१२ सत्ताईस’ को दोश्रो ट्रेलर सार्वजनिक (भिडियो)

‘१२ सत्ताईस’ को दोश्रो ट्रेलर सार्वजनिक (भिडियो)

नेपालखबर
पुस १५, २०७६ मंगलबार ११:५७,

आउँदो माघ ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘१२ सत्ताइस’ को दोश्रो ट्रेलर सार्वजनिक भएको छ।

फिल्ममा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाइएको छ। कथा तथा निर्देशन जोन योञ्जनको रहेको फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउँदको मुख्य अभिनय रहेको छ। 

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमालाई  रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका छन्।

चलचित्रका सह निर्माताको रुपमा गौतम शाहाको लगानी छ। फिल्ममा अनिश स्यांगदेनको छायांकन, कृष्ण भण्डारीको सम्पादन ,विक्रम स्वारको कोरियोग्राफी रहेको छ। गीतमा दिपक आरजे र गिरिस खतिवडाको स्वर, प्रकाश मल्लको शब्द र दिपक आरजेको संगीत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .