ad ad

कला


‘चि मुसी चि’ को पहिलो गीत सार्वजनिक

‘चि मुसी चि’ को पहिलो गीत सार्वजनिक

नेपालखबर
पुस १२, २०७९ मंगलबार ९:२०, काठमाडौँ

आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चि मुसी चि’ को पहिलो गीत ‘इभन डेड डिजायर बिलङ्गिङ’  सार्वजनिक गरिएको छ। सोमबबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक कथा बोलको गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा स्थान दिइएको छ।

म्युजिक प्रोडुसरमा रोहित शाक्य, म्युजिक कम्पोजरमा शाक्क र बिराज गौतम तथा सौरभ श्रेष्ठ र कम्पोजर गायक गौतमको शब्द रचना रहेको सार्वजनिक गीतमा डाक्टर त्रिशला गुरुङको पनि स्वर सुन्न सकिन्छ। गुरुङले चि मुसी चि जस्तो फरक जनराका हरर थ्रिलर सिनेमामा स्वर दिन पाउँदा खुशी लागेको अनुभव साटिन्।

निर्देशक मर्ण जेम्सले पनि सिनेमामा कथाको मर्म बुझाउन पनि कथा गीत समावेश गरिएकको बताइन्। एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा रवीन्द्र झा, गौरव बिष्ट, विज्ञ नेपाल र विभुति नेपाल लगायतका कलाकार अभिनय रहेको छ।

सिनेमाले नेपालमा हरर तथा थ्रिलर जनराको नयाँ ट्रेन्ड बसाउने निर्माण पक्षको विश्वास छ। सिनेमाको सार्वजनिक ट्रेलरले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएकाले दर्शकको राम्रो साथ पाउने विश्वास निर्माण टिमलाई छ।

सिनेमालाई मर्ण जेम्स र यश सैनीले मिलेर निर्माण गरेका हुन्। सिनेमामा नेपाली र बलिउड प्राविधिकले काम गरेकाले दर्शकले केही फरक र नयाँपन महसुस गर्ने निर्माण टिमको विश्वास छ। सिनेमाको निर्माता रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रवर्ती हुन्। उच्च कोटीको हरर सिनेमा हेर्ने दर्शकको चाहनालाई ‘चि मुसी चि’ले पूरा गर्ने निर्माता चक्रवर्ती बताउँछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .