ad ad

कला


‘जेरी’को यथार्थ जीवनसँग सम्बन्धित नयाँ गीत सार्वजनिक (भिडिओ)

‘जेरी’को यथार्थ जीवनसँग सम्बन्धित नयाँ गीत सार्वजनिक (भिडिओ)

नेपालखबर
कात्तिक २६, २०७९ शनिबार १५:४४, काठमाडौँ

लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ को नयाँ गीत ‘चोट’ रिलिज भएको छ। सिद्धकाली डिजिटलको प्रस्तुतिमा बानियाँको यथार्थ जीवन कहानीमा गीत बनेको बताइएकाे छ।

गीतमा ‘जेरी’को शब्द सृर्जना रहेको छ भने दोहोरी सर्जक विरही कार्कीको रचना छ। राजु परियार र पूर्णकला बिसीको आवाज रहेको उक्त गीतको म्युजिक भिडिओमा गायिका बनिता बानियाँ जेरी, कलाकार राजु आर डी र निरोज भट्टको अभिनय छ।

‘सिद्धकाली डिजिटल’ आधिकारिक युट्युब च्यानलबाट गीत रिलिज गरिएको हो। 

यसअघि शुक्रबार मात्रै गायिका बानियाँ र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका थिए। लामो समयदेखिको विवादका कारण सामाजिक सञ्जाल तताइरहेका उनीहरुले बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर डिभोर्स गरेका हुन्। 

उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ।

उनीहरु दुवैजना लोकदोहोरी गायनबाट चर्चामा आएका थिए। दुवैले मिलेर दुईवटा दोहोरी साँझ पनि खोलेका थिए।

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .