दोहोरी कलाकार शंकर क्षेत्रीले श्रीमती बबिता बानियाँ (जेरी) सँग सम्बन्ध विच्छेद गरेका छन्।
लामो समयदेखिको विवादका कारण सामाजिक सञ्जाल तताइरहेका उनीहरुले बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर डिभोर्स गरेका हुन्।
उनीहरुले सहमतिमै सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए। तर, प्रक्रिया नपुगेर उनीहरुको डिभोर्स भइसकेको थिएन।
बिहीबार अदालत पुगेर सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गरेका हुन्। तीन वर्षअघि बिहे गरेका उनीहरुबाट एक छोरीको जन्म भएको छ। छोरीको उमेर सानै भएकाले अहिले आमासँगै बस्ने र लालनपालनको जिम्माचाहिँ शंकरले लिनुपर्ने सहमति भएको छ।
उनीहरु दुवैजना लोकदोहोरी गायनबाट चर्चामा आएका थिए। दुवैले मिलेर दुईवटा दोहोरी साँझ पनि खोलेका थिए।
यसअघि जेरीले आफ्ना नराम्रा कुरा सुधार्छु भन्ने सहमति गरे आफू अझै पनि डिभोर्स फाइल क्यान्सिल गर्न तयार रहेको शंकरले बताउँदै आएका थिए।
‘...धेरै आन्तरिक कारण छन्’, शंकरले त्यसबेला भनेका थिए, ‘डिभोर्समा साइन भएको दिन मात्रै ती कुराहरू खोल्नेछु। प्रुफसहितका कारणहरू बताउनेछु।’
याे पनि : ‘जेरी’सँग डिभोर्स गर्न लागेका शंकर भन्छन् : धेरै आन्तरिक कारण छन्, साइन गर्ने दिन सबै कुरा खोल्छु
Shares

प्रतिक्रिया