सोमबार दिउँसो काठमाडौंको आइप्लेक्स मलमा अनौठो दृष्य देखियो। उक्त मलमा ‘रानीमाया’ गीतको रिलिज कार्यक्रम थियो।
कार्यक्रमका लागि विशेष अतिथीका रुपमा अभिनेता राजेश हमाललाई आमन्त्रण गरिएको थियो। सोही कार्यक्रममा प्रमुख अतिथी थिए पर्यटनमन्त्री जीवनराम श्रेष्ठ।
१२ बजेलाई प्लानिङ गरिएको कार्यक्रम सुरु हुन दुई बज्यो। कारण राजेश हमाल कार्यक्रममा दुई बजे मात्रै पुगे। ‘महानायक’लाई कुर्ने र प्रश्न गर्नेको हलमा बाक्लै उपस्थिती थियो।
मन्त्री श्रेष्ठले पनि केही समय हमाललाई कुर्नु पर्यो। निर्धारित समय निक्कै पर धकेलिएकाले पनि हमाल आउनासाथ कार्यक्रम सुरु भयो।
गीतको म्यूजिक भिडिओ प्रदर्शनपछि हमाल छोटो शुभकामना मन्तव्य राखेर हलबाट बाहिरिए। उनले सार्वजनिक गीतका गायक तथा मोडल कृष्ण बिक र उनको टिमलाई सफलताको शुभकामना दिए।
हमालको शुभकामना मन्तव्य पनि निक्कै छोटो थियो। त्यसपछि उनी निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा जानु छ भन्दै हलबाट बाहिरिए। उनी हलबाट बाहिरिएपछि दुई घण्टादेखि उनलाई नै कुरेर बसेका सबै जिल्लिएका थिए ।
Shares
प्रतिक्रिया