ad ad

कला


कृष्ण र समीक्षाले ल्याए ‘रानी माया’ (भिडिओ)

कृष्ण र समीक्षाले ल्याए ‘रानी माया’ (भिडिओ)

‘रानी माया’ को म्युजिक भिडिओ सार्वजनिक कार्यक्रममाअभिनेता राजेश हमाल।


नेपालखबर
कात्तिक २१, २०७९ सोमबार २१:२२, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गायक कृष्ण विकको दोस्रो गीत ‘रानी माया’ सार्वजनिक गरेका छन्। सो अवसरमा उनले गीतसङ्गीतमार्फत पर्यटनलाई प्रवद्र्धन गर्न आग्रह गरे। 

‘यो भिडिओमा खिचिएको दृश्य आकर्षक छन्। यसले पर्यटन बढाउन मदत गर्ने विश्वास छ’, मन्त्री श्रेष्ठले कार्यक्रममा भने, ‘युवापुस्ताले नेपाली पर्यटनसँगै कला, संस्कृतिलाई आफ्नो माध्यमबाट अगाडि बढाउनुपर्छ। यहि कारण चुनावी चटारोकैबीच कार्यक्रममा सहभागी भएको हुँ।’

अभिनेता राजेश हमालले गीतको भिडिओबिना सम्झौता निर्माण गरिएको भन्दै प्रशंसा गरे। 

‘उहाँहरूले स्तरीय गीत र भिडिओ बनाउनुभएको पाएँ। अडियो झैँ भिडियो राम्रो बनेको छ’, अभिनेता हमालले भने, ‘मैले यो टिमसँग काम गरिसकेको छु। कामप्रतिको उहाँहरूको लगावले मलाई आउँदा दिनमा काम गर्नसमेत लालयीत गरिरहेको छ।’

गायनमा गायक विकलाई समीक्षा अधिकारीले साथ दिएकी छन्। यसमा श्रीकृष्ण बम मल्लको शब्द र कृष्ण विकको एरेञ्ज र सङ्गीत रहेको छ। 

‘दोस्रो गीतमै अभिनय गर्दा रमाइलो अनुभव रह्यो। प्राप्त प्रतिक्रियाले आउँदा दिनमा आफूलाई परिमार्जित गर्नेछु’, गायक विकले भने। 

भिडिओमा सामान्य युवा र राजकुमारी बीचको प्रेमलाई देखाइएको छ। भिडिओमा बोनिका कार्की एण्ड रित खड्काको कस्ट्युम डिजाइन, मनोज श्रेष्ठको भिएफएक्स, रेनिश फागोको रङ संयोजन, कविराज गहतराजको नृत्य निर्देशन, संजय लामाको छायाङ्कन, बनिश शाहको सम्पादन र जीबी आग्रीको निर्देशन रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .