यो वर्ष साहिद कपुरको कबिर सिंह हिट रह्यो। यसले दुई सय ८० करोड भारतीय रुपैयाँ कमायो। तर, हालै भएको एक अवार्ड शोमा उत्कृष्ट उभिनेताको उपाधि रनवीर सिंहले जित्ने पक्का भएपछि साहिदले सो समारोहमा प्रस्तुति दिन अस्वीकार गरेका छन्।
रनवीरले गली ब्वाई फिल्मका लागि उत्कृष्ट अभिनेताको उपाधि जितेका हुन्।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार कबिर सिंहका लागि साहिदले उपाधि जित्ने अपेक्षा गरेका थिए। त्यसैले उनले शोमा प्रस्तुति दिन स्वीकार गरेका थिए। तर, उपाधि रनवीरले जित्ने पक्का भएपछि उनी शो छोडेर बाहिरिएका हुन्।
साहिदले प्रस्तुति दिन नमानेपछि शोका आयोजकले हतारहतार अर्का अभिनेता वरुण धवनलाई प्रस्तुतिका लागि मनाएका थिए। अन्तिम समयमा आएर वरुणले साहिदको स्थान लिएका थिए। एजेन्सी
प्रतिक्रिया