ad ad

कला


निर्देशकसँगको झगडाले रोकियो सलमानको टाइगर ३

निर्देशकसँगको झगडाले रोकियो सलमानको टाइगर ३

नेपालखबर
मंसिर २५, २०७६ बुधबार ९:५९,

निर्देशक अली अब्बास जफरसँग सलमान खानको विवाद बढ्दै जाँदा उनको टाइगर ३ फिल्म रोकिएको छ।

जफरले यसअघि सलमानसँग सुलतान, टाइगर जिन्दै है र भारत गरी तीन फिल्ममा काम गरिसकेका छन्। तर, पछिल्लो समय आफ्नो काममा सलमानले दखल दिएको भन्दै जफर उनीसँग असन्तुष्ट छन्।

टाइगर शृंखलाको तेस्रो फिल्म सुटिङ चलिरहँदा विवाद बढेपछि काम रोकिएको छ। अब यो फिल्मका लागि सलमानले अर्कै निर्देशक खोज्ने चर्चा चलेको छ।

यसअघि पनि पटकपटक सलमानको फिल्मका निर्देशकसँग झगडा पर्दै आएको छ। उनले कबिर खानसँगको विवादले ट्युबलाइट फिल्ममा ढिलाइ भएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .