कला


सलमानको ‘दबंग ३’ लाई लिएर अक्षयकुमारले दिए यस्तो प्रतिक्रिया

सलमानको ‘दबंग ३’ लाई लिएर अक्षयकुमारले दिए यस्तो प्रतिक्रिया

नेपालखबर
मंसिर १८, २०७६ बुधबार ११:४७,

यही डिसेम्बरको अन्त्यतिर बलिउडमा दुई फिल्मबीच कडा भिडन्त हुने भएको छ।

पछिल्लो समय एकपछि अर्को सफल चलचित्र दिँदै आएका बलिउडका दुई अभिनेता सलमान खान र अक्षयकुमारबीच भिडन्त हुने भएको हो।

सलमान अभिनित ‘दबंग ३’ र अक्षकुमार अभिनित ‘गुड न्युज’ यही डिसेम्बरबाट सार्वजनिक प्रदर्शनमा आउन लागेका हुन्। सलमानको दबंग ३ डिसेम्बर २० र अक्षको गुड न्युज डिसेम्बर २७ बाट प्रदर्शनमा आउँदै छन्।

दुवै फिल्मबीचको टक्करलाई लिएर बलिउडमा बिभिन्न अड्कलबाजी गरिन थालेको छ। तर, सलमानको दबंग ३ लाई लिएर गुड न्युज अभिनेता अक्षयकुमारले सकारात्मक प्रतिक्रिया दिएका छन्। उनले दबंग ३ खराब फिल्म नभएको प्रतिक्रिया दिएका हुन्।

‘दबंग एक राम्रो चलचित्र हुनेछ। यो पक्का छ कि यो खराब हुनेछैन', उनले भनेका छन्, ‘किनभने मैले प्रभुदेवासँग पनि काम गरें । उनले राम्रा फिल्म बनाउछन् र यो फिल्म पनि राम्रो छ।’

स्मरणीय कुरा के छ भने दबंग ३ प्रदर्शनमा आएको एक हप्तामै गुड न्युज प्रदर्शनमा आउँदै छ। सो दिन अभिनेता खानको जन्मदिन हो।

अर्को कुरा अक्षयले सोनाक्षी र प्रभु देवासँग ‘राउडी राठौर’ मा काम गरिसकेका छन् भने सोनाक्षी र प्रभुदेवा सलमानले दबंग ३ मा काम गरेका छन्।

त्यस्तै सलमान र अक्षयले ‘मुझसे सादी करोगी’, ‘जानेमन’ लगायतका चलचित्रमा एकसाथ काम गरिसकेका छन्।

अक्षयको गुड न्यूजमा करीना कपूर, दिलजीत दोसांझ, कियारा आडवाणी मुख्य भूमिकामा भने सलमान खानको दबंग ३ मा सोनाक्षी सिन्हा, साई मांजरेकर, महेश मांजरेकर र किचा सुदीप मुख्य भूमिकामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad