यमाहा ‘महा एक्स्चेञ्च मेला’ भृकुटीमण्डपमा सुरु भएको छ। उपत्यकाका ३० भन्दा बढी डिलरहरुको सहभागिता रहेको उक्त मेला मंसिर २२ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ।
मेलामा भेलु एड एक्सचेञ्ज अफर, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, टेस्ट राइडिङमा एट्राक्टिभ गिफ्ट लगाएतका सुविधा रहेका छन्। मेलाको पहिलो दिन प्रियंका कार्कीले अवलोकन गरेकी छन्। अवलोकनपश्चात् उनले यमाहाले नयाँ बाइक तथा स्कुटरको डिजाइन आकर्षक भएको बताइन्।

मेलामा ग्राहकले जुनसुकै ब्राण्डको आफ्नो पुरानो बाइक तथा स्कुटरसँग नयाँ साट्न सक्नेछन्।
कम्पनीले पुरानो बाईक तथा स्कुटर ३० भन्दा बढी रिकन्डिसन हाउसबाट बेस्ट भेलुएसन गर्ने जानकारी दिएको छ ।

कम्पनीले भृकुटीमण्डप मेलामा कुनै पनि ब्राण्डको बाइक वा स्कुटरको बजार प्रचलित मूल्याङ्कनभन्दा थप १५ हजार पाउन सकिने बताएको छ ।
एक्स्चेञ्च मेला नयाँ बाईक तथा स्कुटर किन्ने ग्रहाकको लागि ७ हजार सम्म छुट रहेको छ ।
मेलाको अन्तिम दिन मंसिर २१ गते अनुप विक्रम शाहीले ‘महा एक्स्चेञ्च मेला’ अवलोकन गर्ने कम्पनीले बताएको छ।



प्रतिक्रिया