ad ad

कला


फिल्म नचल्ने डरमा अनमोल

फिल्म नचल्ने डरमा अनमोल

नेपालखबर
असार १५, २०७९ बुधबार १२:४६, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा राम्रो स्टारडम भएका अभिनेता हुन् अनमोल केसी। 

मिडियामा त्यति नदेखिने अनमोलको क्रेज हलमा देखिन्छ। वर्षमा १/२ फिल्ममा मात्रै अभिनय गर्ने अनमोललाई लिन निर्माता निर्देशकले निकै रुचाउँछन्।

तर उनलाई फिल्म खेलाउन त्यति सहज छैन। केही फिल्ममा साइन गरेर पनि छाडेका अनमोल पैसाका लागि दर्शकको मन दुख्ने खालका फिल्म नखेल्ने बताउँदै आएका छन्। 

साइन गरेका केही  फिल्मको वर्कसपको समयमा आफूले न्याय गर्न नसक्ने देखिएपछि छाडेका अनमोल हिजोआज खाली छन्। 

दर्शकले आफूबाट धेरै अपेक्षा गरेकाले पनि दर्शकको अपेक्षाको सम्मान गर्दै अफर आएका सबैखाले फिल्ममा अभिनय नगरेको अनमोलको तर्क छ। 

उनको भनाईलाई मान्ने हो भने उनी आफ्नो करिअरको जत्तिकै चिन्ता आफ्ना दर्शकको गरिरहेका छन्। 

‘ए मेरो हजुर’को दुई सिरिजमा अभिनय गरेका अनमोलको स्टारडम ४ वर्षदेखि यही फिल्म धानिरहेको छ। ‘धुपौरे’, ब्याचलर बन्टी’, ‘हनी बनी’ लगायतका फिल्ममा साइन गरेर पनि छाडेका अनमोल कमजोर फिल्ममा काम गर्दा आफ्नो फिल्म चल्दैनकी भन्ने डरमा देखिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .